You are viewing the translated version of आचारसंहिता जारी गर्ने.

Rule 24
आचारसंहिता जारी गर्ने
(१) नाम दर्ता गर्ने निकायमा दर्ता भएका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी र ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताको लागि परिषद्ले ऐनको दफा ८ को खण्ड

(ज) बमोजिम राष्ट्रियस्तरको आचारसंहिता तयार गरी लागु गर्नेछ।

(२) उपनियम (१) बमोजिमको आचारसंहिता बमोजिम पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी र ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताले त्यस्तो आचारसंहिता विपरीत नहुने गरी पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय गर्नु पर्नेछ।